Birendranagar Municipality

कर्णालीमा तीन मन्त्री सपथ नखाँदै बर्खास्त

सेरोफेरो
कर्णालीमा तीन मन्त्री सपथ नखाँदै बर्खास्त

३१ बैशाख । कर्णाली प्रदेश सरकारमा थपिएका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा भएका छन् । मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका गोपाल शर्मा, विन्दमान विष्ट र सिता नेपाली सपथ अगावै बर्खास्तमा परेका हुन् ।

 

मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने नेपाली काँग्रेसले मन्त्रालय विभाजन गरेको र अन्य विषयमा असन्तुष्टि जनाएपछि मुख्यमन्त्री शाही पछि हट्नुभएको हो । मुख्यमन्त्री शाहीले तीनवटा मन्त्रालय आपूmले जिम्मा लिनुभएको छ ।

 

मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा विन्दमान विष्ट र उर्जा तथा जलस्रोत मन्त्रीमा सिता नेपालीलाई सपथग्रहण गराउने तयारी गर्नुभएको थियो ।

२०७८ बैशाख ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्