Hilsa Yatayat

स्यालको टोकाइबाट गुर्भाकोटमा १८ घाइते, औषधि र प्राविधिक काठमाडौंबाट मगाइयो

स्यालको टोकाइबाट गुर्भाकोटमा १८ घाइते, औषधि र प्राविधिक काठमाडौंबाट मगाइयो

सेरोफेरो
२२ भदौ, सुर्खेत । स्यालको टोकाइबाट सुर्खेतको गुर्भाकोटका १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका वडा नम्बर ४ को मिलनचौक, आँपखोली, पातिहाल्ना, ढाब र गैरीबजार टोलमा बुधबार साँझ र राति गरेर ६ जनालाई र बिहिबार बिहान १२ स्थानीयलाई स्यालले टोकेको वडा अध्यक्ष प्रशन्न शाहले जनाएका छन् । 


बहुलाएको हुनसक्ने स्यालले घरमा बसिरहेको, खाजा खाइरहेको अवस्थामा स्थानीयलाई आक्रमण गरेको थियो । ‘स्वास्थ्य चौकिका कार्यलय सहयोगी झुपलाल वली पनि घाइते भएका छन्,’ वडा अध्यक्ष शाहले सेरोफेरोसंग भने– ‘गैरी बजारको एक होटमा खाजा खाएर हात धुँदै गरेको अवस्थामा ८ वर्षको बालकलाई पनि स्यालले टोकेको छ ।’ उनका अनुसार दुईवटा बाख्रालाई पनि स्यालले टोकेकाे थियाे । 


भर्खरै बसेको नगर स्वास्थ्य समितिको बैठकले स्यालले टोक्दा लगाउने इम्यूनोग्लोमिन भ्याक्सिन ल्याउनको लागि अहेब पूर्ण बहादुर घर्तिलाई काठमाडौं पठाएको छ । ‘७२ घण्टाभित्र लगाइनुपर्ने सुई ल्याउनको लागि अहेबलाई नेपालगंज हुँदै प्लेनबाट काटमाडौं पठाएका छौं । उताबाट सुई सहित प्राविधिक समेतलाई ल्याएर मेहेलकुना अस्पतालमा उपचार गर्ने व्यवस्था गर्छौं’, अध्यक्ष शाहले भने ।


भ्याक्सिन महङ्गो परेतापनि घाइतेहरुको नि:शुल्क उपचार गर्ने प्रबन्ध मिलाइ रहेको उनले जानकारी दिए ।

२०७४ भदौ २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्