Hilsa Yatayat

अनेरास्ववियु सुर्खेतकाे मुखपत्र बिमोचन

सेरोफेरो
अनेरास्ववियु सुर्खेतकाे मुखपत्र बिमोचन

२२ कात्तिक । अनेरास्ववियु सुर्खेतले आफ्नो मुखपत्र 'विद्यार्थी सन्देश' बिमोचन गरेको छ । बुधबार वीरेन्द्रनगरमा अायाेजित एक कार्यक्रममा उक्त पत्रिका विमाेचन गर्नुका साथै अखिल सुर्खेतका हालसम्मका अध्यक्ष/संयोजक हरु लाई सम्मान गरिएकाे हो ।

 

कार्यक्रममा अनेरास्ववियुका अध्यक्षहरु मोहन गौतम, हेमप्रकाश ढुङगाना, कबिन्द्र केसी, टेकेन्द्रकुमार बस्नेत, ऋषि गिरी, घनश्याम पाण्डे, टोपबहादुर खत्री, तेजबिक्रम सिंह र प्रेम खड्काको उपस्थिती थियो । वक्ताहरुले अनेरास्ववियु सुर्खेतले गरेको कामकाे स्वागत गर्नुका साथै मुखपत्र निकालेकाेमा धन्यवाद व्यक्त गरेका थिए । उनीहरूले अासन्न चुनावमा बामपन्थी शक्तिलाई जिताउन अनेरास्ववियुको महत्त्वपूर्ण भुमिका रहने बताएका थिए ।

 

अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष रश्मि आचार्यकाे प्रमुख र नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिबालय सदस्य डण्डीप्रसाद शर्माकाे विशेष अातिथ्यतामा सम्पन्न कार्यक्रमकाे अध्यक्षता अनेरास्ववियु सुर्खेतका संयाेजक धुपेन्द्रबहादुर शाहीले गरेका थिए । संयाेजक शाहीले अनेरास्ववियु मतदाता शिक्षा लिएर गाउँ गाउँमा जाने जानकारी दिए ।

२०७४ कात्तिक २२ मा प्रकाशित

प्रतिकृया दिनुहोस्