Rara Pharmacy

राष्ट्रिय कृषक महासंघमा आचार्य

सेरोफेरो
राष्ट्रिय कृषक महासंघमा आचार्य

१० पुस । राष्ट्रिय कृषक महासंघ जिल्ला कार्यसमिति सुर्खेतको अध्यक्षमा शशीराम आचार्य चयन भएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित दोस्रो जिल्ला अधिवेशनबाट आचार्य सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

 

समितिको उपाध्यक्षमा रत्नबहादुर राना, सचिवमा देबबहादुर राना, सहसचिवमा शक्तिबहादुर थापा तथा सदस्यहरुमा दिलिप कुमार सारु, कमला तिरुवा, धनमाया गाहा, सन्तबहादुर केसी, गजबहादुर बुढा र झुमा खत्री चयन भएका छन् ।

 

यसैबीच निर्वाचित पदाधिकारी र किसानहरु बीच कृषिका समस्या तथा सवाल विषयक अन्तर्रक्रियाको आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै नवनियुतm आचार्यले किसानका समस्यालााई ध्यानमा राखी काम गर्ने बताएका छन् ।

२०७४ पुस १० मा प्रकाशित

प्रतिकृया दिनुहोस्